काठमाडौँ । नेपालमा ओपन–सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवद्र्धनका लागि उबुन्टु र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (सीएसआर) बीच औपचारिक साझेदारी भएको छ ।
आइतबार काठमाडौँमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उबु–कन एशिया २०२५ भर्चुअल सम्मेलन आगामी भदौ १३–१४ मा आयोजना हुने उल्लेख गरिएको छ ।
सो अवसरमा दुवै संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । उबुन्टु नेपालका तर्फबाट आदित्य सिंह, उबु कन एशिया २०२५ आयोजक समितिका प्रमुख र सीएसआरआईका तर्फबाट डा. शालिग्राम पराजुली अध्यक्ष तथा डा. भोजराज घिमिरे महासचिवले हस्ताक्षर गरेका हुन् । सीएसआरआईका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा यस पहलको सुरुवात गरिएको हो ।
समझदारी र सहकार्य केवल सम्मेलन आयोजनासम्म सीमित नभइ नेपालको सूचना प्रविधि क्षेत्रको दीर्घकालीन विकास र ओपन सोर्स र साइबर सुरक्षा क्षेत्रको सुदृढीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया