अन्तर्राष्ट्रिय नेल सेमिनारः जापानका ५ नेल आर्टिस्ट काठमाडौँमा


काठमाडौँ । यहाँ आयोजित २ दिने अन्तर्राष्ट्रिय नेल सेमिनारले जापानका ५ प्रसिद्ध नेल आर्टिस्टहरू हारु, मियानो, कानाको, माईको र ओकीलाई ५० भन्दा बढी स्थानीय नेल व्यवसायीहरूसँग एउटै मञ्चमा ल्याउँदै नेल आर्ट क्षेत्रमा नयाँ उत्साह थपेको छ ।

पप अफ नेपाल प्रा.लि.द्वारा प्रस्तुत र प्रिति नेल्स तथा द नेल स्टुडियोद्वारा आयोजित सेमिनारको उद्देश्य नेपालमा नेल आर्ट उद्योगलाई विश्वस्तरीय प्रवृत्ति र प्रविधिबाट सशक्त बनाउनु थियो ।

जापानी विशेषज्ञहरूको प्रत्यक्ष मार्गदर्शनमा सेमिनारमा जापानी नेल आर्ट शैलीको विस्तृत परिचयसँगै, सहभागीहरूले सफाइका मिहिन अभ्यासहरू, डिजाइनको सूक्ष्म तरिकाहरू र जटिल हस्तनिर्मित नेल स्टिकरहरू बनाउने सीपहरू सिके । तालिममा नेल तयारी, उपकरणहरूको स्याहार, डिजाइनको आधारभूत सीपदेखि लिएर उन्नत कार्यशालासम्म समेटिएको थियो ।

अनु अमात्य, सिरापा तुलाधर र कपिल उप्रेतिको नेतृत्वमा सम्पन्न कार्यक्रमले ज्ञान आदान–प्रदानका साथै सांस्कृतिक सम्वादको रूपमा पनि काम गरेको थियो ।

प्रकाशित मिति: २२ वैशाख २०८२, सोमबार  १३ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।