तेह्रथुम पावर कम्पनीले तोक्यो बुकक्लोज मिति


काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बुकक्लोज मिति तोकेको छ। कम्पनीले जेठ ५ गते बुकक्लोज गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूलयका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा जेठ १ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: २३ वैशाख २०८२, मंगलबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।