काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।
श्रेष्ठको निर्वाचनसँगै एनआरएनएको नेतृत्व तहमा एक अनुभवी, निडर र समर्पित व्यक्तित्वको उदय भएको बताइएको छ।
श्रमिक हितमा नीतिगत सुधार खाडी तथा अन्य श्रमिक गन्तव्य राष्ट्रहरूमा कार्यरत नेपालीहरूलाई सुरक्षा, सहयोग र न्यायको प्रत्याभूति दिलाउने योजना लिएका उनले युवा तथा महिलाको समावेशितास् एनआरएनए नेतृत्व संरचनामा युवाहरू र महिलाको सक्रिय सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने योजना उनले अघि सारेका छन्।
श्रेष्ठले आर्थिक कूटनीति र लगानी प्रवर्द्धन गरी प्रवासी नेपालीहरूलाई उद्यमशीलता, लगानी र आर्थिक सम्बन्धमा प्रेरित गर्न विश्वव्यापी आर्थिक अभियान संचालन गर्ने बताए । एनआरएनएलाई राजनीतिक प्रभावबाट टाढा राख्दै पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने अठोट रहेको बताउँदै श्रेष्ठले आधुनिक प्रविधिको प्रयोगमार्फत संगठनलाई प्रभावकारी र पहुँचयोग्य बनाउने उनी प्रतिबद्धता जनाएका छन्। श्रेष्ठको नेतृत्वको आगमनसँगै एनआरएनएको आगामी कार्यकाल अझ प्रभावकारी, समावेशी र दूरदर्शी हुने विश्वास गरिएको छ।
श्रेष्ठको अनुभव र योगदान
विगत एक दशकभन्दा बढी समयदेखि प्रवासी नेपालीको हकहितका लागि निरन्तर सक्रिय रहेका श्रेष्ठले संगठनको विभिन्न तहमा काम गर्दै आएका छन्। श्रेष्ठले एनआरएनएको नेतृत्व यात्रा युएईमा एनसीसी उपाध्यक्षका रूपमा सुरु गरेका थिए। त्यहाँ उनले प्रवासी नेपालीहरूको सामाजिक, आर्थिक र कानुनी हकहितमा उल्लेखनीय योगदान गरे। २०१७ मा अन्तर्राष्ट्रिय तहमा प्रवेश गर्दै श्रेष्ठले नीति निर्माण, संस्थागत समन्वय र रणनीतिक अभियानहरूमा सक्रिय भूमिका खेले। श्रमिक बहुल र संवेदनशील मानिएको क्षेत्र मध्यपूर्वमा उनले नेपाली समुदायको सुरक्षादेखि लिएर संगठन विस्तारसम्म महत्त्वपूर्ण काम गरेका छन्। २०२१मा उप–संयोजकबाट संयोजक पदमा पदोन्नति भएपछि उनले उक्त क्षेत्रलाई एनआरएनएको सबैभन्दा सक्रिय, सशक्त र संगठित क्षेत्रको रूपमा विकास गरे। उनले २०२३ कार्यसम्पादन संयोजन, आन्तरिक अनुशासन, पारदर्शिता र कूटनीतिक सम्वन्ध सुदृढीकरणमा उनले नयाँ अभ्यास प्रारम्भ गरे।
उनले ओमनको मस्कटको २०२३ मा भएको मध्यपुर्ब भेला बाट बर्सौ देखि पेन्डिङ भएको हजारे अभियान नेपाल सरकारबाट थोरै केही परिमार्जन गरि सामाजोक सुरक्षा कोषको स्थापित गरे । उनले रोजगारिको सिलसिलामा विभिन्न कारणले विदेसिनु परेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपाली खेलाडीहरु लाई एनआरएनए स्पोर्ट एकाडिमीको संयोजको भिमिका निर्वहा गरि नेपालमा भएको आठौं र नबौ राष्ट्रिय खेलमा विभिन्न बिदामा १६ र २४ मेडल दिलाउन सफल भए ।
प्रतिक्रिया