काठमाडौँ । लामिनार टायल्सले काठमाडौंमा एस्क्लुसिभ फ्ल्यागसिप एक्सपिरियन्स सेन्टरको शुभारम्भ गरेको छ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज (सोमबार) एक समारोहबीच सेन्टरको औपचारिक उद्घाटन गरेका हुन् ।
कम्पनीका अनुसार नयाँ घर बनाउन वा घरको पुनर्निर्माण गर्न चाहने उपभोक्ता, निर्माणकर्मी, इन्जिनियर र इन्टेरियर डिजाइनरका साथै टायलबारे रुची र सरोकार राख्ने जोसुकैका लागि उक्त सेन्टर खुला भएको छ ।
एकै थलोमा रहेर कम्पनीले उत्पादन गरिरहेका सम्पूर्ण संग्रहका साथै नेपाली टायलमा नवीन प्रविधिको प्रत्यक्ष अवलोकन र अनुभव लिन अवसर प्रदान गर्ने उद्देश्यका साथ गैरीधारा, उत्तरढोकाअगाडि सेन्टर स्थापना गरिएको हो ।
सेन्टरको उद्घाटन गर्दै मन्त्री सिंहले नेपाली उत्पादनहरूको प्रयोग बढाउन आग्रह गर्दै भने, ‘होटल, रेस्टुरेन्ट, भवन, अस्पताल वा व्यक्तिगत घर वा जुनसुकै प्रकारको भौतिक संरचना निर्माण गर्दा पनि लामिनार भिट्रिफाइड टायल्स प्रयोग गर्न सबैलाई अनुरोध गर्दछु ।’
विशेषगरी ७ वटा संग्रहमा वर्गीकृत ४०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका डिजाइनहरूलाई प्रदर्शित गर्न ४ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यो सेन्टरले घर तथा व्यावसायिक भवनका भित्री भित्ता तथा भुइँ, सपिङ मल, होटल, शैक्षिक संस्था, विमानस्थल जस्ता उच्च आवतजावतका क्षेत्र
छत, बाल्कोनी, पोखरी, बाथरुम जस्ता पानीको सम्पर्कमा आउने वा भिज्ने तथा खुला क्षेत्र तथा क्लाडिङ, फसाड, ड्राइभवे र पार्किङका लागि बाहिरी प्रयोगका क्षेत्रमा समाधान गर्ने कम्पनीले जनाएकाे छ ।
‘यो सेन्टर परम्परागत सोरूमभन्दा फरक छ जसलाई डिजाइन प्रेरणाको गन्तव्य र नेपालकै नवप्रवर्तनको अभूतपूर्व प्रमाणका रूपमा लिन सकिन्छ,’ लामिनार टायल्सका अध्यक्ष धितालले भने, ‘हाम्रो एक्सपिरियन्स सेन्टर लामिनारको विश्वस्तरीय गुणस्तर, दिगो स्थानीय उत्पादन र डिजाइनमुखी सोचप्रति समर्पणको प्रतीक हो ।’
लुम्बिनी सेरामिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टायल्स बर्दियाको गुलरियास्थित अत्याधुनिक १४ बिघा क्षेत्रफलमा अवस्थित उत्पादन केन्द्रमा निर्माण हुन्छ, जसको दैनिक उत्पादन क्षमता १ लाख ४० हजार वर्गफिटभन्दा बढी छ ।
प्रतिक्रिया