काठमाडौँ । इजी डेन्टलमा अजम्बरी सहकारीका ग्राहकलाई छुट सुविधा प्रदान गर्ने भएको छ । अजम्बरी बचत तथा ऋण सहकारी संस्था र इजी डेन्टल प्रा.लि.बीच सहकारीका ग्राहकहरूलाई छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
समझदारीपत्रमा अजम्बरी सहकारीका कार्यकारी प्रमुख गाम्बा सुनुवार र इजी डेन्टलका अजय रेग्मीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार, अजम्बरी सहकारीका खाता सञ्चालक ग्राहकहरूले इजी डेन्टलमा प्रदान गरिने दन्तसम्बन्धी सेवाहरूमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यसअन्तर्गत दन्त उपचार सम्बन्धी सम्पूर्ण उपचार लगायतका सेवा सुविधामा छुट उपलब्ध हुनेछ ।
प्रतिक्रिया