काठमाडौँ । बजाज नेपालले हे्लस अफ मेमोरी फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ ।
प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्विरहरू शेयर गर्न आमन्त्रण गरिएको थियो । अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकहरूबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र सन्दर्भ अनुसार अझै आत्मीय रुपमा झल्काउने अवसर प्रदान गरेको छ ।
प्रतियोगितामा ७० भन्दा बढी सहभागीहरूबाट सिर्जनात्मक, कलात्मक र भावनात्मक तस्बिरहरू प्राप्त भएको छ । तीमध्ये १२ जना विजेता छनोट गरिएको छ । सम्मान स्वरुप १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ । प्रत्येक विजेताले १० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर जित्नेछन् । विजेता तस्बिरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन गरिनेछ । जुन वैशाख १६ देखि २७ गतेसम्म भृकुटीमण्डपमा भइरहेको छ ।
कर्निभलमा ग्राहकहरूका लागि आकर्षक अफरहरू छन् । कुनै पनि बजाज बाइक मात्र नागरिकताकै भरमा शून्य सर्भिस चार्जमै खरिद गर्न सकिन्छ । साथै अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज र २० भन्दा बढी विज्ञ मूल्यांकनकर्ताहरुबाट ग्यारेन्टी गरिएको उच्चतम मूल्यांकनको व्यवस्था छ । नयाँ बाइक खरिदकर्ताहरूले बजाज खुसीको मिटर खेल्ने अवसर समेत पाउनेछन्, जसबाट थप आकर्षक पुरस्कारहरु जित्न सकिन्छ ।
प्रतिक्रिया