काठमाडौँ । सेयर बजार परिसुचक नेप्से ११.५३ अंकले घटेर २६५०.११ बिन्दुमा पुगेको छ । नेप्से घटे पनि कारोबार रकम भने १० अर्ब नाघेको छ ।
आइतबार ३०० वटा कम्पनीको २ करोड ४० लाख ११ हजार कित्ता सेयर ८८ हजार ९९५ पटक किनबेच हँदा १० अर्ब २० करोड २७ लाख १ हजार रुपैयाँ बारबरको कारोबार भएको हो ।
आइतबार होटल तथा पर्यटन समुह सबैभन्दा बढि ६.५० प्रतिशतले बढेको छ । विकास बैंक समुह १.२७ प्रतिशत, जीवन बीमा समुह ०.३१ प्रतिशत, अन्य समुह ०.२० प्रतिशत र निर्जीवन बीमा समुह ०.०६ प्रतिशतले बढ्दा अरु सबै समुहको सेयर मूल्य घटेको छ ।
सेयर बजार आरालो लाग्दा पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन हाइड्रो र जोशी हाइड्रोको सेयर मूल्य समान ९.९९ प्रतिशत, ओम मेघाश्रीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
यता, सिन्धु बिकास बैकको सेयर मूल्य ७.३० प्रतिशत, स्यानर्जी पावरको सेयर मूल्य ४.९३ प्रतिशत, ग्रीन लाइफ हाइड्रको सेयर मूल्य ४.५२ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य ४.३३ प्रतिशत र सप्तकोशी डेपलपमेन्टको सेयर मूल्य ४.१३ प्रतिशतले घटेको छ ।
आइतबार कारोबार रकमका आधारमा सबैभन्दा बढि राधी विद्युतको ६६ करोड १० लाख ७० हजार ७०३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार संख्याका आधारमा ङादी ग्रुपको सबैभन्दा बढि १५ लाख ६१ हजार ८७१ कित्ता सेयर ३ हजार २२४ पटक किनबेच भएको छ ।
प्रतिक्रिया