शिखर इन्स्योरेन्सको खुद नाफामा सामान्य वृद्धि, खुद बिमा शुल्क कति ?


काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा शिखर इन्स्योरेन्सको खुद नाफा ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको तुलनामा १.७९ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा यसको खुद बिमा शुल्क आर्जन १६.५७ प्रतिशतले बढेर १ अर्ब २० करोड ८३ लाख २८ हजार रुपैयाँ पुगेको छ भने कुल आम्दानी ६.८४ प्रतिशतले बढेर एक अर्ब ८५ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३ करोड ६६ लाख १० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १८.७७ प्रतिशतले घटेर २० करोड ९९ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ३३ पैसाले घटेर १६ रुपैयाँ २९ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ८१ पैसा छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ९२ करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ्गमा १६ करोड २३ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २९ वैशाख २०८२, सोमबार  ०८ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।