हिमालयन डिष्टिलरीको नाफामा २५१ प्रतिशतको वृद्धि


काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको तुलनामा २५१.३२ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले २१ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी ५६।९७ प्रतिशतले बढेर ४ अर्ब ३० करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ७४ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको इपीएस ९.१३ बाट बढेर ३२.०८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११९.७७ बाट बढेर १२८.८९ रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८८ करोड ७६ लाख रुपैयाँ छ ।

प्रकाशित मिति: २९ वैशाख २०८२, सोमबार  ०८ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।