इमर्जिङ्ग नेपालको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?


काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८६ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३४.८६ प्रतिशतले घटेर १ करोड ४ लाख रुपैयाँमा कायम भएको छ भने अन्य श्रोतबाट भएको आम्दानी ५६.३५ प्रतिशतले घटेर ४१ लाख रुपैयाँमा सिमित भएको छ । कम्पनीको अन्य सञ्चालन आम्दानी भने ६.८९ प्रतिशतले बढर २२ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६१ पैसा घटेर २ रुपैयाँ ७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५८३.३६ गुणा रहेको छ।

चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड १९ लाख रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: २९ वैशाख २०८२, सोमबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।