सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) कोे २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा वैशाख २८ गते आइतबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा रानीमहल बैकेट, ज्ञानेश्वर, काठमाडौंमा भएको हो ।

कम्पनीले यस आ.व. २०८०/८१ मा ४/७९ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएको छ जुन गत आ.व. २०७९/८० वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि हो । साथै गत आ.व. को तुलनामा खुद ३१ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी, गत आर्थिक वर्षको दाबी भुक्तानी २.३८ अर्बको तुलनामा यस आर्थिक वर्षमा २.८३ अर्ब को दाबी भुक्तानी गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा सेयरधनीहरुलाई विस्तृत रुपमा जानकारी गराएका थिए।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्ने, आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सञ्चालक समितिको बैठक भत्ता वृद्धि लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत भुक्तानी गरिएको रकम अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: २९ वैशाख २०८२, सोमबार  १५ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।