पर्याप्त तयारी बिनाको कर्जा बोझ बन्न सक्छ : राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले पर्याप्त तयारी गरेर मात्रै व्यावसायिक कर्जा लिन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै व्यावसायिक कर्जा विलासिताका लागि नभई व्यवसायलाई फराकिलो बनाउने आधार भएको बताउँदै यस्ता कर्जालाई सही ठाउँमा लगानी गर्न अनुरोध समेत गरेको छ ।

बैंकद्वारा जारी गरेको सन्देशमा भनिएको छ ’व्यवसायको उन्नति र प्रवद्र्धनका लागि एक महत्वपूर्ण साधन व्यावसायिक कर्जा हो। यस्तो कर्जा व्यावसायिक प्रयोजनहरू जस्तै मेसिनहरू खरिद गर्न, स्तरोन्नति गर्न, अद्यावधिक गर्न, व्यवसायलाई फराकिलो बनाउन वा व्यापार\व्यवसायमा नयाँ अवसरहरू सिर्जना गर्नका लागि लिने गरिन्छ ।’

पर्याप्त तयारीबिनै त्यस्तो कर्जा लिइयो भने कर्जा बोझ बन्ने बैंकले जनाएको छ ।

सन्देशमा भनिएको छ, ‘पर्याप्त तयारीबिनै त्यस्तो कर्जा लिइयो भने यो बोझ बन्न सक्छ । स्मरण रहोस् ! व्यावसायिक कर्जा विलासिताका लागि होइन, प्रगतिको आधार हो । कर्जालाई सही ठाउँमा लगानी गरौं र आर्थिक अनुशासन अपनाउँदै आफ्नो र परिवारको वित्तीय छवि उज्यालो बनाऔँ ।’

प्रकाशित मिति: ३० वैशाख २०८२, मंगलबार  ०८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।