काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ ।
भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरु बिच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको छ । उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैँ ध्यान दिने हुन्डाई नेपाल आजको दिनमा सबैभन्दा सफल अटो ब्रान्डहरु मध्ये एक हो ।
नयाँ क्रेटा इलेक्ट्रिक गाडीको सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुबिधाबाट बाहिर ल्याउन ठुलो सहयोग गरेको कम्पनीले जनाएको छ ।
धेरै मानिसलाई इभी लिँदा स्पेयर पाट्र्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ हुने भएकोले कम्पनीले क्रेटा इभी सञ्चालना ल्याइएको हो ।हुन्डाईका ग्राहकहरुले इभी होस् वा पेट्रोल गाडी, सेवा, पाट्र्स र सपोर्ट समान रुपमा पाउनेछन् । कार्यक्रम स्थलबाट ५ वटा क्रेटा इभी ग्राहकहरूलाई हस्तान्तरण गरिएको छ ।
तर हुन्डाई नेपालले देशमै क्रेटा आइस र पेट्रोल दुवै मोडलको निर्माण कार्य थालिसकेको छ । दुवै मोडलमा एउटै प्लेटफर्म हुने भएकोले ग्राहकहरुलाई समस्या नपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया