काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ ।
नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट ५ सय रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट ५सय रुपैयाँ थप गरी मासिक १ हजार रुपैयाँ नागरिक पेन्सन योजनामा जम्मा गर्ने विषयमा कोष रनगरपालिकाबीच सम्झौता भएको हो ।
सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख बिरेन्द्र भट्ट र कोषको तर्फबाट कार्यकारीनिर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरेका छन ।
यस योजनामा सहभागी शिक्षक, कर्मचारी र पालिकाको तर्फबाट जम्मा भएको रकमको आधारमा एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
प्रतिक्रिया