निफ्रालाई ५ अर्बको ऊर्जा ऋणपत्र बिक्री अनुमति


काठमाडौँ । धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) लाई ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको छ ।

बोर्डले निफ्रालाई प्रतिकित्ता १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र अनुमति दिएको हो । जसअनुसार कम्पनीले कुल इकाईमध्ये २ अर्ब रुपैयाँको २० लाख इकाई सर्वसाधारणलाई जारी गर्ने छ ।

बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संस्थालाई बिक्री गर्नेछ। निफ्राले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “६५ निफ्रा उर्जा ऋणपत्र ( २०८८\८९” नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबी एस क्यापिटल लिमिटेडलाई दिइएको छ ।

 

प्रकाशित मिति: ३१ वैशाख २०८२, बुधबार  ०८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।