काठमाडौँ । आक्र्स ग्रुपले स्वयम्भू हारती टूर्स एण्ड ट्राभललाई चौध सिट क्षमताको १८ वटा जुबाओ भ्यान हस्तान्तरण गरेको छ । सोमवार आर्यन्या बुटिक होटल नागपोखरिमा एक कार्यक्रमको आयोजना गरी ट्राभल्सलाई उक्त भ्यान हस्तान्तरण गरेको हो ।
चीनमा निर्मित उक्त भ्यान अत्याधुनिक इलेक्ट्रोनिक गाडी भएको आक्र्स ग्रुपले जनाएको छ । विशेष गरी समूह यात्रा, सटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त हुने बताइएको छ ।
पर्यावरणमैत्री र सस्तो सञ्चालन खर्चका साथ आरामदायी यात्राका लागि उपयुक्त हुने आक्र्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । उनले आक्र्स ग्रुपको पूर्ण प्रतिवद्धतासात जुबाओ भ्यान नेपाली बजारमा प्रस्तुत गरिएको जानकारी दिए ।
स्वयम्भू हारती टुर्स एण्ड ट्राभलका सञ्चालक उज्जन महर्जनले जुआवो भ्यान आरामदायी र आकर्षक लागेकोले आफूहरुले खरिद गरेको जानकारी दिए । उनले मुख्य कुरा यो १४ सिटमा उपलब्ध भएको र नेपालको सडक सुहाउँदो भएको बताए । भ्यानमा अन्य केही समस्या नदेखिएको र यसमा यात्रा गर्दा आरामदायी हुने विश्वास आफूले लिएको जानकारी दिए ।
प्रतिक्रिया