काठमाडौँ । तपाईं ग्राफिक्स डिजाइनर, कन्टेन्ट राइटर, वेब डेभलपर, फोटोग्राफर वा कुनै पनि क्षेत्रमा स्वतन्त्र पेसाकर्मी (फ्रिलान्सर) भएर काम गर्दै हुनुहुन्छ र यदि त्यसो हो भने उच्च ब्याजदर र आकर्षक बिमा सुविधासहित फ्रिलान्सरसँग बचत खातामार्फत् सिटिजन्स बैंकले सम्बन्ध गाँस्दै आइरहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तपाईं जस्तै गतिशील र स्वतन्त्र फ्रिलान्सरहरूका लागि विशेष रूपमा डिजाइन गरेको बचत खाता सञ्चालनमा ल्याएको छ । जुन पछिल्लो समय फ्रिलान्सरको रोजाइमा पर्दै आएको छ ।
तपाईंको वित्तीय स्वतन्त्रतालाई साथ दिँदै यस बैंकले ‘सिटिजन्स फ्रिलान्सर सेभिङ अकाउन्ट’ सार्वजनिक गरेको हो । यो खाता केवल तपाईंको कमाइ जम्मा गर्ने माध्यम मात्र होइन, यो तपाईंको वित्तीय स्वतन्त्रता, सुरक्षा र समृद्धिको आधार बन्न सक्छ ।
पछिल्लो समय स्वतन्त्र रूपमा काम गर्ने क्रम बढ्दै गइरहेको छ । सूचना प्रविधिको युगमा त यस्ता विभिन्न काम स्वतन्त्र रूपमै सम्पन्न गरेर विश्व बजारमा बिक्री गर्न सकिन्छ ।
केही समयअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरको डाँडोमा ल्यापटप लिएर बसेर महिनाकै २–३ लाखसम्म कमाउन सक्ने बताएका थिए । यसपछि झनै फ्रिलान्सिङमा चासो बढेको थियो । विभिन्न तथ्यांकअनुसार नेपालमा ५०–६० हजारको संख्यामा फ्रिलान्सर छन् ।
तिनै फ्रिलान्सरहरूलाई लक्षित गरी यो बचत खाताको अवधारणा ल्याइएको बैंकले जनाएको छ । यस बचत खातामा नेपाली रुपैयाँसँगै अमेरिकी डलरमा पनि खाता खोल्न सकिनेछ । यसले सिटिजन्स बैंकलाई फ्रिलान्सरको दुःख–सुखमा साथ दिने साथीका रूपमा प्रस्तुत गरेको बैंकका डिपोजिट मार्केटिङ हेड पारसविक्रम थापाले जानकारी दिए ।
तिनै फ्रिलान्सरहरूलाई लक्षित गरी यो बचत खाताको अवधारणा ल्याइएको बैंकले जनाएको छ । यस बचत खातामा नेपाली रुपैयाँसँगै अमेरिकी डलरमा पनि खाता खोल्न सकिनेछ । यसले सिटिजन्स बैंकलाई फ्रिलान्सरको दुःख–सुखमा साथ दिने साथीका रूपमा प्रस्तुत गरेको बैंकका डिपोजिट मार्केटिङ हेड पारसविक्रम थापाले जानकारी दिए ।
उनका अनुसार फ्रिलान्सरहरूलाई लक्षित गर्दै ल्याएको यस बचत खातामा बैंकले उच्चतम ब्याजदर समावेश गरेको छ । यस खातामा नेपाली रुपैयाँ खातामा ४।५ प्रतिशत तथा अमेरिकी डलर खातामा ३.७५ प्रतिशत ब्याजदर दिइएको छ ।
बचतकर्तालाई सुविधै सुविधा
बैंकले यस खातामा बचत गर्ने बचतकर्तालाई सुविधै सुविधा समावेश गरेको छ । जसअनुसार सरकारी मापदण्डअनुसार ५ प्रतिशत टिडिएस काट्नुपर्ने व्यवस्था रहेकामा त्यो सुविधा पनि अहिले बैंकले नै तिरिदिने व्यवस्था गरेको छ । यस्तै विदेशबाट प्राप्त गरिने रकममा लाग्ने ५ प्रतिशत कर पनि बैंक आफैँले तिरिदिनेछ ।
फ्रिलान्सर सेभिङ एकाउन्टमा नेपाली रुपैयाँ खातामा न्यूनतम ब्यालेन्स ५०० रुपैयाँ र अमेरिकी डलर खातामा न्यूनतम १० डलर अनिवार्य हुने बैंकले जनाएको छ । त्यस्तै, खातावालाले डलर सटही गर्दा १० पैसा बराबरको थप लाभ प्राप्त गर्नेछन् भने डलर ट्राभल कार्ड र इ–कम कार्ड जारी गर्दा ५० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् । यो खाता खोल्दा खातावालाले मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, डिम्याट खाता, खाता विवरण र चेकबुक निःशुल्क प्राप्त गर्नेछन् ।
रिकरिङ डिपोजिटको सुविधा
सिटिजन्स बैंकमा फ्रिलान्सर सेभिङ एकाउन्ट खोल्ने ग्राहकले रिकरिङ डिपोजिटको सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।
यो खाता खोल्दा ग्राहकले चाहेको खण्डमा बचतबाट केही प्रतिशत रकम रिकरिङ डिपोजिटमा जम्मा गरिदिनेछ । जुन रकम बचतकर्ताले भविष्यमा ब्याजसहित पाउने बैंकले जनाएको छ ।
३ लाखसम्मको बिमा सुविधा
बैंकका अनुसार यस खातामा विशेष गरी आकर्षक बिमा सुविधा समावेश गरिएको छ । खाता खोल्ने फ्रिलान्सरले २५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्नेछन् ।
बैंकका अनुसार बचतकर्ताले २५ हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा (अस्पताल भर्ना भएमा) र ३ लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा पाउनेछन् ।
यी सबै सुविधाका कारण यो खाता केवल बचतको माध्यम मात्र नभएर फ्रिलान्सरको सपना साकार पार्ने, मिहिनेतलाई सम्मान गर्ने र भविष्य सुनिश्चित गर्ने वित्तीय योजनाको हिस्सा रहेको प्रष्ट हुन्छ ।
प्रतिक्रिया