काठमाडौँ । नेपालका लागि हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा ईभी को सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपभोक्ताहरूको व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।
कार्यक्रम बुटवलको सिद्ध विनायक मोटोकर्प प्रा.लि. र भैरहवाको जगत मोटर्स प्रा.लि.को संयुक्त आयोजनामा भव्य रूपमा सम्पन्न भयो । कार्यक्रममा ३० भन्दा बढी क्रेटा ईभी को बुकिङ सुनिश्चित गरिएको छ भने १० युनिट ग्राहकहरूलाई सोही स्थानबाट हस्तान्तरण गरिएको थियो ।
कम्पनीका अनुसार, क्रेटा ईभी र पेट्रोल मोडेल दुवै एउटै प्लेटफर्ममा आधारित रहेकाले सेवा र पाट्र्सको पहुँचमा कुनै समस्या नहुने कम्पनीले जनाएको छ । यसले विद्युतीय सवारीबारे उपभोक्तामा देखिने अन्योल हटाउन सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ ।
कार्यक्रममा कम्पनीले ईभी इकोसिस्टम बलियो बनाउन रिल्याक्स चार्जिङ नेटवर्कको विस्तार गरिरहेको जनाएको छ । हालसम्म देशभर ६६ वटा डीसी र एसी चार्जिङ स्टेशन सञ्चालनमा आइसकेका छन् ।
कार्यक्रममा हुन्डाईका अन्य नयाँ मोडेलहरूको समेत प्रदर्शनी गरिएको थियो । कम्पनीका प्रतिनिधिहरूले ग्राहकहरूसँग प्रत्यक्ष संवाद गर्दै सेवा, ब्रान्ड सपोर्ट तथा सवारीसम्बन्धी जानकारी प्रदान गरेका थिए ।
कम्पनीले सफा, हरित र स्मार्ट भविष्यतर्फको यात्रालाई निरन्तरता दिँदै देशभर आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया