सिटिजन्स बैंकद्वारा संकट मोचन देवसरन रामरती विद्यालयलाई पंखाहरु वितरण


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका ४ अवस्थित श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखाहरु सहयोग प्रदान गरेकोे छ ।

यस विद्यालयमा करिब १ हजार बालबालिकाहरु अध्ययन गर्दै आइरहेका छन् । अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहजता होस भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको हो ।

विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप पंखाहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको पनि बताए ।

प्रकाशित मिति: १ जेठ २०८२, बिहीबार  १७ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।