नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा विशेष छुट


काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र होलिडे इन रिसोर्टबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकलाई खाना र सफ्ट ड्रिङ्क्समा १५ प्रतिशत छुट दिने बताएको छ ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने छ ।​

 

 

प्रकाशित मिति: ४ जेठ २०८२, आइतबार  १७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।