नीति तथा कार्यक्रमले सकेन लगानीकर्तामा आशा जगाउन, गिरावट कायमै


काठमाडौँ । सेयर बाजार परिसुचक नेप्से निरन्तर आरालो यात्रामा छ । ओरालो यात्रा तय गरेको सेयर बजार वैशाख २४ गते बनावटी रुपमा ६२.३२ अंकले बढेता पनि नेप्सेमा बियरिस ट्रेन्ड कायमै रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रमबाट लगानीकर्ता आकर्षित हुन नसक्दा सेयरबजारमा दिनानुदिन दोहोरो अंकको गिरावट आएको छ ।

सरकारले प्रत्येक वर्ष जेठ १५ गते बजेट घोषणा गर्ने गर्छ । अर्थ मन्त्रालय बजेट निर्माणको लागि कम्मर कसीरहेको बेलामा लगानीकर्ताको मनोबल भने खस्किँदै गएको नेप्सेमा आएको गिरावटले प्रस्ट्याउँछ ।

यस्तै गर्भनर नियुक्तिको प्रक्रिया ४१ दिनसम्म टुङ्गो लाग्न सकेको छैन । गर्भनर नियुक्तिमा राजनीतिक खिचातानी हाबी हुँदा लगानीकर्ता सेयरबजार प्रति सकरात्मक हुन सकेका छैनन् ।

जसकारण सेयरबजार ओरालो लाग्ने क्रम जारी छ । आइतबार नेप्से २.७९ अंकले घटेर २६०९.०५ बिन्दुमा पुगेको छ ।

आइतबार कारोबारमा आएका ३०९ वटा कम्पनीका १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर ७९ हजार ८९३ पटक किनबेच हँदा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार ३१२ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका ३०९ कम्पनीमध्ये १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

आइतबार ओम मेघाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सकिर्ट लागेको छ । यस्तै छ्याङ्दी हाइड्रो पावरको सेयर मूल्य ९.९९ प्रतिशत, विन नेपाल लघुवित्तको सेयर मूल्य ९.५३ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य ८.४१ प्रतिशत र बाराही हाइड्रो पावरको सेयर मूल्य ७.३२ प्रतिशतले बढेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.७१ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ७.५३ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.९४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ६.८६ प्रतिशत र युनिभर्सल पावरको सेयर मूल्य ६.१० प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी अन्य समूह ४.१९ प्रतिशत, लघुवित्त समूह १.२२ प्रतिशत र होटल तथा पर्यटन समूह १.११ प्रतिशले बढ्दा अरु सबै समूह आरोलो लागेको छ ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्सको ७० करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति: ४ जेठ २०८२, आइतबार  १७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।