काठमाडौँ । इन्ड्राइभले महिला सशक्तिकरण, सामाजिक न्याय र समुदायको नेतृत्वमा हुने परिवर्तनलाई प्रोत्साहित गरेको छ । अन्यायलाई चुनौती दिने र समुदायलाई सशक्त बनाउने उद्देश्यका साथ अघि बढिरहेको ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले समुदायमा आधारित परिवर्तनलाई केन्द्रमा राख्दै निर्माण गरिएको हो ।
एक सशक्त नेपाली वृत्तचित्रको समर्थन गर्न पाएकोमा गर्व गर्दछ । यो सहकार्यले इनड्राइभको कोर भ्यालू निष्पक्षता, समानता र समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँछ ।
समाजमा निहित असमानतासँग लड्न र प्रत्येक व्यक्तिलाई अवसरमा पहुँच दिलाउन इनड्राइभले प्रारम्भदेखि नै निष्पक्षता, सशक्तिकरण र वास्तविक कथाहरूको प्रवद्र्धन गर्दै आएको छ । यही सिद्धान्तअनुरूप वृत्तचित्रको समर्थनले स्थानीय समुदायका प्रेरणादायी कथाहरूलाई विश्वमाझ पुर्याउँदै, समतामूलक समाज निर्माणको दिशामा योगदान पुर्याउने विश्वास इनड्राइभले लिएको छ ।
समतामूलक पहुँच र न्यायको जगमा निर्माण गरिएको इनड्राइभको यात्रामा, यस्ता सशक्त स्थानीय कथाहरूले अझ प्रेरणा दिनेछन् र समुदायमा वास्तविक परिवर्तन ल्याउनका लागि मार्गदर्शन गर्नेछन् ।
चलचित्र मार्फत आवाजहरूलाई सशक्त बनाउने अभियान
कथा–वाचन (स्टोरीटेलिङ) एक शक्तिशाली माध्यम हो । जसले समुदायहरूबीच जागरूकता फैलाउने मात्र होइन । परिवर्तनको वकालत गर्ने प्लेटफर्मसमेत प्रदान गर्छ । विशेषगरी, नेपालसहितका विभिन्न देशहरुमा, महिलाहरूले विभिन्न सामाजिक र सुरक्षा सम्बन्धी चुनौतीहरूको सामना गरिरहेका छन् । वास्तविक जीवनका कथाहरूले साहस, संघर्ष र सफलताको प्रेरणादायी यात्रा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
स्थानीय आवाजलाई बुलन्द पार्ने र न्यायको पक्षमा दृढतापूर्वक उभिने उद्देश्यका साथ, इनड्राइभले नेपालमा महिलाहरूले भोगेका सुरक्षा चुनौतीहरू र उनीहरूले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरूलाई उजागर गर्ने वृत्तचित्रहरूलाई समर्थन गर्दै आएको छ । यस पहलले नारी सशक्तिकरणलाई अगाडि बढाउँदै त्यसका साथमा हुने संघर्ष र जितहरूलाई विश्वसामु प्रस्तुत गर्न सहयोग पुर्याउँछ ।
नवीनता र प्राविधिक उत्कृष्टताको दिगो समर्थन
इनड्राइभले वृत्तचित्रहरूमा मात्र सीमित नभई रचनात्मकता र प्राविधिक नवीनतालाई प्रोत्साहन गर्ने विभिन्न प्लेटफर्महरूलाई निरन्तर समर्थन गर्दै आएको छ । इनड्राइभद्वारा आयोजित ‘अल्टरनेटिभा फिल्म अवार्ड’ यसको उदाहरण हो । जहाँ परम्परागत धारणालाई चुनौती दिने र नदेखाईएका कथाहरू उजागर गर्ने स्वतन्त्र फिल्महरूलाई विशेष अवसर प्रदान गरिन्छ ।
इनड्राइभले सिर्जनात्मकता मात्र नभई प्राविधिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यसैको प्रमाणस्वरूप, इनड्राइभले ‘अरोरा टेक अवार्ड’ मार्फत प्रविधिमा सक्रिय रहेका महिला इनोभेटरहरूलाई सम्मान गर्दै आएको छ ।
प्रतिक्रिया