काठमाडौँ । प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोट्र्स र मौलाकाली केबलकार लिमिटेडबीच सम्झौता भएको छ । सोमबार एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोट्र्स र मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्ने विज्ञप्तीमा जनाएको छ ।
समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स एण्ड रिसोट्र्स र मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका छन् ।
यस सहकार्य अन्तर्गत, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले खानपानमा १० प्रतिशत छुट, केबलकार टिकटमा २० प्रतिशत र आवास सेवामा १० प्रतिशत छुट र केबलकार यात्रा निशुल्क हुने सुविधा रहेको छ ।
प्रतिक्रिया