टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला जेठ ७ देखि १२ सम्म


काठमाडौं । नेपालमा टिभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आगामी जेठ ७ देखि १२ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ।

यस अवसरमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी खरिद गर्न सक्नेछन्। मेलामा ग्राहकहरूलाई पुरानो सवारीको न्यूनतम मूल्याङ्कन ३०,००० रुपैयाँ सम्म सुनिश्चित गरिएको छ। साथै, ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागिताले मेलामा उच्च मूल्याङ्कनको विश्वस्तता दिइने कम्पनीले जनाएको छ।

मेला अवधिभर ग्राहकहरूले ८ हजार सम्मको नगद छुट, १० हजार रुपैयाँसम्मको थप मूल्यांकन प्राप्त गर्नुका साथै शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा समेत उपलब्ध हुनेछ। नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहारस्वरूप प्राप्त गर्ने पनि जगदम्बा मोटर्सले जानकारी दिएको छ।

विशेष रूपमा, मेला सुरु हुनु अगावै अर्थात जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रि–बुकिङ गर्ने ग्राहकले पाँच हजार रुपैयाँ बराबरको उपहार प्राप्त गर्ने अवसर समेत रहेको छ।

मेलामा सवारी खरिदका अफरहरूका साथै आगन्तुकहरूका लागि लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, फेसन र सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको व्यवस्था समेत गरिएको छ।

जगदम्बा मोटर्सले सबै दुईपाङ्ग्रे सवारी प्रेमी र ग्राहकहरूलाई मेलामा सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित मिति: ५ जेठ २०८२, सोमबार  १९ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।