एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सेवामा ५ प्रतिशतको छुट


काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र हेल्थी च्वाइस एस्थेटिक अस्पतालबिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा सेवामा ५ प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता भएको छ ।

एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड  मार्फत  भुक्तानी गर्नु पर्नेछ ।

ग्राहकहरूले पीओएसमार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल, र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट पाउने छन् भने ओपिडि परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, एमआइएफयूआरएफ, एमएनआरएफ, सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट पाउने छन् ।

एससीटीको हाल सदस्यहरू ५ ’क’ वर्गका बैंक, ६ ’ख’ वर्गका बैंक, ११ ’ग’ वर्गका बैंक र १०० भन्दा बढी सहकारी संस्थाहरू रहेका छन् ।

एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै एससीटी युपिआइ कार्ड लिन सक्नेछन् ।

प्रकाशित मिति: ६ जेठ २०८२, मंगलबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।