काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख २३ हजार २९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यो पटकको लिलामीमा आम लगानीकर्ताले आवेदन दिन पाउने छैनन् । सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयरधनीहरुले आज (जेठ ६) गतेदेखि ३५ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौँमा आवेदन दिन सक्ने छन् ।
प्रतिक्रिया