काठमाडौँ । मन्त्रीपरिषद्को बैठकले डा.विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका रुपमा नियुक्त गरेको छ । यससँगै करिब दुई महिनाको राजनीतिक रस्साकस्सीपछि मुुलुकले अन्ततः १८औँ गर्भनर पाएको छ ।
मन्त्रीपरिषद्को बैठक अघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको सिफारिस समितिको बैठकले पहिलो नम्बरमा डा. विश्वनाथ पौडेल, दोस्रोमा डा. निलम ढुङ्गाना र तेस्रोमा दिनेशराज भट्टराईलाई गर्भनर पदका लागि सिफारिस गरेको थियो ।
गर्भनर नियुक्त भएका डा. विश्वनाथ पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका विश्व पौडेल गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर चुनाव लडेका व्यक्ति हुन् ।
उनी योजना आयोगको उपाध्यक्ष हुनुअघि कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणाको युलेन्स एजुकेसन फाउन्डेसनको बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए ।
प्रतिक्रिया