सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफा २४१ प्रतिशतले बढ्दा सेयर मूल्यमा ३ प्रतिशतको वृद्धि


काठमाडौँ । सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा २४१ प्रतिशत नाफा वृद्धि गर्दै १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ।

चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकलहरूको निर्माता कम्पनी सेरेस ग्रुपले पहिलो त्रैमासिकमा उक्त नाफा कमाएको हो ।

कम्पनीको बिक्री रेभेन्यू ३ अर्ब अमेरिकी डलर नाघेको छ । नवीन, ऊर्जा–कुशल सवारीहरूको मागमा भएको कारणले नाफा र बिक्री रेभेन्यू बढेको हो । आय विवरण सार्वजनिक भएपछि सेरेसको सेयर मूल्य ३ प्रतिशतले बढेको पाइएको छ ।

यता, विश्वव्यापी विस्तार रणनीति अन्तर्गत सेरेसले सन् २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडेल ल्याउने घोषणा गरेको छ। जसले विश्वव्यापी रुपमा नै सेरेसको लोकप्रियता बढ्दै गएको बुझ्न सकिन्छ ।

यसका साथै, सेरेस थ्री मोडेलले हालै इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्डहरू जितेर न्यू इनर्जी भेहिकल बजारमा आफ्नो उत्कृष्टता र नवप्रवर्तन क्षमतालाई पुनः प्रमाणित गरेको छ।

चीनको लक्जरी सवारी सेग्मेन्टमा पनि सेरेसले बीएमडब्लू र मर्सिडिज जस्ता ब्रान्डहरूलाई पछि पार्दै अग्रता लिएको छ।
सेरेस ग्रुपले अग्रगामी र भविष्यमुखी रणनीतिमा केन्द्रित भई चीन तथा विश्वव्यापी ईभी उद्योगमा आफ्नो प्रमुख भूमिका कायम राख्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: ७ जेठ २०८२, बुधबार  १४ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।