सूर्य नेपाल च्यालेन्जःदोस्रो दिन शुक्रलाई एकल अग्रता


काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन पूर्व नम्बर एक गल्फरशुक्र बहादुर राई शीर्षस्थानमा रहेका छन् ।

समग्रमा ६–अन्डर १ सय ३० को स्कोरमा उनले दिनेश प्रजापतिलाई १ स्ट्रोकले पछि पारेका छन् । आज शुक्रले १–ओभर ६९ को स्कोर गरे । समग्रमा ५–अन्डर १ सय ३१ को स्कोरमा दिनेश प्रजापति दोस्रोस्थानमा उक्लिएका छन् । आज उनले १–अन्डर ६७ को कार्ड बनाए ।

भेट्रान प्रो रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवन कुमार रोक्कासमग्रमा ३–अन्डर १३३ को स्कोरमा तेस्रो स्थानमा छन् । रामेले १–अन्डर ६७ को स्कोर दर्ज गरे । भुवनले खराब प्रदर्शन गर्दै ४–ओभर ७२ मा दोस्रो दिनको खेल सकाए ।

समग्रमा १–अन्डर १३५ को स्कोरमा सञ्जय लामा, निरज तामाङ र प्रदीप कुमार लामाले पाँचौं स्थान बाँडे । सञ्जयले २–अन्डर ६६ स्कोर गर्दा निरज र प्रदीपले इभन–पार ६८ को स्कोर बनाए ।

यस्तै समग्रमा १–ओभर १३७ को स्कोरमा तोरण विक्रम शाही, वसन्तराज गुरूङ र साबिक विजेता रवि खड्का संयुक्तरुपमा आठौं स्थानमा रहे । तोरणले आज १–अन्डर ६७ स्कोर गर्दा वसन्तले इभन–पार ६८ र रविले २–ओभर ७० स्कोर गरे ।

पहिलो दिन ७–अन्डर खेलेका शुक्रले आज सो लयलाई निरन्तरता दिन सकेनन् । पहिलो होलको बर्डीका विरूद्ध नवौं होलको बोगीले फ्रन्टनाइन इभन–पार ३४ मा सकाए । यसपछि १३ औं होलमा एक सट बचाए पनि १५ औं र १८ औं होलमा बोगीको सामना गरे । ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे ।

दिनेशले तेस्रो होलमा एक सट खेर फाले । छैटौं होलको बर्डीले फ्रन्टनाइन इभन–पार ३४ खेले । यसपछि १० औं र १३ औं होलमा बर्डी प्रहार गरे । अन्तिम होलको बोगीले ब्याक नाइन १ –अन्डर ३३ मा सकाए ।

रामे मगरले नवौं होलको बोगीले फ्रन्ट नाइनमा १–ओभर ३५ को स्कोर गरे । १० औं र १५ औं होलमा बर्डीको सफलता प्राप्त गरे । उनले ब्याकनाइनमा २–अन्डर ३२ को नतिजा निकाले ।

पहिलो दिनका लिडर भुवनले खराब प्रदर्शन गर्दा तेस्रो स्थानमा तल झरे । उनले फ्रन्ट नाइन र ब्याक नाइन दुवै २–ओभर ३६ मा पुरा गरे । उनले छैटौं नबौं, १४ औं र १८ औं होलमा बोगी प्रहार गरे ।

एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १–ओभर १३७ कोस्कोरमा शीर्षस्थानमा रहेका छन् । उनले आज १–ओभर ६९ को स्कोरजोड्दै निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन् । निश्चयले आज १–ओभर ६९ स्कोर गर्दे समग्रमा २–ओभर १३८ स्कोर बनाएका छन् ।
३६ होलको समाप्तीमा ९–ओभर १४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र २ एमेच्योर गरी २५ गल्फरले कट बनाएका छन् ।

प्रोफेसनलतर्फ जयराम श्रेष्ठ, भुवन नगरकोटी, रामकृष्ण श्रेष्ठ, राजेन्द्रश्रेष्ठ प्रधान, रमेश अधिकारी, दीपक मगर, धन बहादुर थापा, सुनिलकेसी, टंक बहादुर कार्की, किशन कालीराज सुनार, शिवराम पौडेल, राजेन राई र सुमन परियारले कट बनाएका छन् ।

७२ होलको ४ दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरीकुल ४७ खेलाडीको सहभागीता रहेको छ ।

प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ । विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमश ७० हजार र ५० हजार हात पार्नेछन् । साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरुले पनि नगद प्राप्त गर्नेछन् । चार दिनको मुख्य स्पर्धा पश्चात् शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: ८ जेठ २०८२, बिहीबार  १४ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।