काठमाडौँ । करिब दुई महिना लामो राजनीतिक रस्साकस्सीपछि भएको गर्भनर नियुक्तिले लगानीकर्ताको मनोबल बढाएको छ । यससँगै कारोबारको अन्तिम दिन बिहीबार सेयर परिसुचक नेप्से १९.०४ अंकले बढेको हो ।
प्रि–ओपनिङ्ग देखि नै उकालो लागेको बजार १९.०४ अंकले बढेर २६८८.५५ बिन्दुमा पुगी बन्द भएको छ ।
यसअघि बुधबार सेयरबजारमा ७.९४ अंकको करेक्सन आएको थियो । तर गर्भनर नियुक्त भएको दिन मंगलबार बजार ४९.०९ अंक र सोमबार १९.०३ अंकले बढेको थियो ।
बिहीबार कारोबारमा आएका ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर ८६ हजार ६८५ पटक किनबेच हुँदा ९ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँ बराबरको काराबार भएको छ ।
कारोबार आएका १०४ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ ।
आज ओम मेघाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढ्दा एनआइसी एसिया बैंकको सेयर मूल्य ८.११ प्रतिशत, फरवार्ड माइक्रोको सेयर मूल्य ८.०६ प्रतिशत, कुमारी बैंकको सेयर मूल्य ६.५३ प्रतिशत र एनएमबी माइक्रो फाइनान्सको सेयर मूल्य ५.९७ प्रतिशतले बढेको छ ।
यता, बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । यस्तै एमबीएल इकयूटी फन्डको सेयर मूल्य ९ प्रतिशत, तारागाँउ रेजेन्सी होटलको सेयर मूल्य ५.६७ प्रतिशत, गरीमा डेभेन्चरको सेयर मूल्य ४.९० प्रतिशतले र एसीयन हाईड्रोपावरको सेयर मूल्य ४.५६ प्रतिशतले घटेको छ ।
यस्तै समूहगत रुपमा बैंकिङ्ग समूह सबैभन्दा बढी ३.८२ प्रतिशतले बढ्दा लघुवित्त समूह २.५८ प्रतिशत, म्याचुअल फन्ड समूह ०.०६ प्रतिशतले बढेको हो । यी बाहेक अन्य सबै समूहमा गिरावट आएको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी न्यादी ग्रुपको ६९ करोड १ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै कारोबार संख्याका आधारमा कूमारी बैंकको १९ लाख ९६ हजार २१० कित्ता सेयर ३ हजार ७०३ पटक किनबेच भएको छ ।
प्रतिक्रिया