नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलल विद्यमान बैंकिङ क्षेत्रका चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताएका छन् । नेपाल बैंकर्स संघका पदाधिकारीसँगको भेटका क्रममा गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै यस्तो बताएका हुन् ।
बिहीबार नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर बधाई तथा शुभकामना दिएका हुन् । सो क्रममा उनीहरुले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन विगतमा जस्तै राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताएका थिए ।
प्रतिक्रिया