पछिल्लो समय समाजिक सुरक्षा कोष प्रभावकारी बन्दै गएको छ । कोषमा आवद्ध हुनेको संख्या पनि दैनिक रुपमा बढ्दै गएको छ । कोषले अन्तर्राष्ट्रिय कोषको मापदण्ड अनुसार विभिन्न सेवा सुविधा दिदै आएको जनाएको छ । सरकारले पनि आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पनि समानिक सुरक्षा कोष अनिवार्य गरिने घोषणा गरेको छ । सामाजिक सुरक्षा कोष सुदृढीकरण रणनीति कार्यान्वयन गरिनेछ भनेर उल्लेख गरेको छ । सबै प्रकारका, जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नहरुलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी कोषको भूमिका र दायरालाई विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
तिन प्रश्नको आजको अंकमा हामीले समाजिक सुरक्षा कोषका बारेमा प्रवक्ता कृष्ण अधिकारीसँग कुराकानी गरेका छौँ ।
कोषमा आवद्ध भएपछिका सेवा सुविधा तथा फाइदाहरु केके हुन् ? हामी किन यो कोषमा आबद्ध हुने ?
कोषमा आवद्ध भएपछि सामाजिक सुरक्षा कोषका अन्तर्राष्ट्रिय मान्यता अनुसार आठओटा सुविधाहरु लिन सकिने व्यवस्था रहेको छ । औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बेरोजगार सहायता योजना कोषले प्रदान गर्दै आएको छ । औपचारिक क्षेत्रमा पछिल्लो दुई वर्षको तलबको औसत पारश्रिमिक निकालेर त्यसको ६० प्रतिशत पैसा बिरामी बिदा, सुरक्षित मातृत्व, सुत्केरी स्याहार भत्ताको रुपमा पाइन्छ ।
औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बेरोजगार सहायता योजना कोषले प्रदान गर्दै आएको छ ।
यस्तै शिशु स्याहारको लागि सरकारले तोके बमोजिम १७ हजार ३०० रुपैयाँ पाइन्छ । आफु र आफ्नो परिवारको लागि ७ लाखसम्मको औषधी उपचारको खर्च प्राप्त हुन्छ । सुरक्षित मातृत्व हेरचाहको (बच्चा जन्मेको समयको) सेवा अन्तर्गत गर्भवतीको समयमा चेक जाँच र बच्चा ३ महिनाको हुदासम्मको हेरचाह वाफतको सेवा सुविधा र खर्च प्राप्त हुन्छ । यस्तै बिरामी विदाको समयको पैसा तलब बराबरको तलब, दुर्घटना पर्दाको उपचार खर्च र अंगभंग भएमा त्यसको सुरक्षा पेन्सन वाफतको रकम पाइन्छ । भवितव्य परेर योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारलाई आजीवन पेन्सन १८ वर्षभन्दा मुनीको बच्चालाई पढाई खर्च दिन्छ । साथै अन्तिम दाह संस्कारको लागि २५ हजार रुपैयाँ पनि दिन्छ । यसैगरि रोजगारी सकिएर अर्काे रोजगारीमा जाने समयमा अवकाशको पैसा, ६० वर्ष पछि निवृत्तिभरण सेवा प्राप्त गर्न सकिन्छ । यसरी जन्मिनु भन्दा अगाडीदेखि मृत्युपछिसम्म योगदानकर्ताको परिवारमा आर्थिक अभाव हुदैन । यसका साथै कोषले शैक्षिक सापटी, विशेष सापटी जस्ता सेवा सुविधाहरु पनि दिन्छ । त्यसैले कोषमा आबद्ध हुनेहरुले चिन्ता गनुपर्दैन ।
यसमा आबद्ध हुन के गर्नुपर्छ ?
यो विशेष त निजी क्षेत्रको लागि स्थापना भएको संस्था हो । यसमा नेपाल सरकारको अर्थतन्त्रमा योगदान पुर्याउने सबै किसिमका श्रमीकहरु आवद्ध हुन पाउछन । यसमा औपचारिक, अनौपचारीक, स्वरोजगार वैदेशिक रोजगार सरकारी कोषबाट पैसा पाउने तर निवृत्तिभरण नपाउने श्रमिकहरु आवद्ध हुन पाउछन् । औपचारिक क्षेत्र अन्तर्गत रोजगारदाताबाट तलब, ज्याला वा पारिश्रमिक प्राप्त गरेर काम गर्ने सबै कार्यालय, कारखाना तथा अन्य क्षेत्रका सम्पुण कामदारहरु पाउछन । यस्तै स्वरोजगारका श्रमिक अन्तर्गत आय आर्जन गर्न स्वतन्त्र रुपमा व्यापार गतिविधिहरु गर्ने कामदारहरु आवद्ध हुने व्यवस्था रहेको छ । आवद्ध हुनको लागि कोषको वेभसाइट ssf.gov.np मा गएर आफु कुन क्षेत्रको श्रमिक हो, त्यहि अनुसारको विवरण भरेर सुचिकृत हुन सकिन्छ । औपचारिक क्षेत्रको हकमा पहिला रोजगारदाताले सुचिकृत हुनुपर्छ, त्यसपछि रोजगारदाताले आफ्ना श्रमिकहरुलाई सुचिकृत गर्नुपर्छ । स्वरोजगारको हकमा आफ्नो पालिका र वडाबाट स्वरोजगारमा रहेको विवरण लिएर वेभसाइटमा अपलोड गर्ने । यस्तै वैदेशिक रोजगारमा जाने व्यक्ति श्रम स्वीकृती लिने बेलामा नै स्वतः कोषमा सुचिकृत हुन्छ ।यदि अनौपचारिक क्षेत्रको छ भने पालिकाको माध्यमबाट सुचिकृत हुनुपर्छ ।
कोषमा आवद्ध हुन योगदानकर्ताले कति रुपैयाँ तिर्नूपर्छ ?
औपचारिकमा योगदानकर्ताले आफ्नो पारिश्रमिकको ३१ प्रतिशत जम्मा गर्नुपर्छ । जसमध्ये ११ प्रतिशत स्वयंले २० प्रतिशत रोजगारदाताले जम्मा गर्नुपर्छ ।
अनौपचारिक क्षेत्रको हकमा २०.३७ मध्ये ११ प्रतिशत स्वय श्रमिकले र ९.३७ प्रतिशत सम्म राज्यले तिनुपर्ने हुन्छ । स्वय श्रमिकले २०.३७ प्रतिशत हालेर पनि आउन पाँउछ ।
वैदेशिक रोजगारमा न्युनतम २ हजार ३०८ रुपैयाँ प्रतिमहिना तिर्नुपर्छ । यस्तै स्वरोगारको हकमा सबै रकम योगदानकर्ता स्यंवले तिर्नुपर्ने हुन्छ ।
सेवा सुविधा प्राप्त गर्ने हकमा औषधी उपचार लगायतमा ६ महिनाको अवधि कायम गरिएको छ । तर दुर्घटना र आश्रित परिवारको हकमा आवद्ध भएदेखि नै सेवा सुविधा प्राप्त गर्न सकिन्छ ।
प्रतिक्रिया