१० महिनामा बाहिरिए ६ लाख ८५ हजार नेपाली, वैशाखमा मात्रै ७८ हजार बढीले छाडे देश


काठमाडौँ ।  चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ६ लाख ८५ हजार नेपाली बाहिरिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि बैशाखसम्म १ लाख ८ हजार ४०२ जनाले नयाँ र अन्यले पुनः श्रम स्वीकृती लिएर जम्मा ६ लाख ८५ हजार ९२४ जना बाहिरिएका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिमा ६ लाख ९ हजार ७ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । चालु आर्थिक वर्षको १० महिनामा बाहिरिएका मध्ये ६ लाख ८ हजार ८३९ जना पुरुष रहेका छन् भने ७७ हजार ८५ जना महिला रहेका छन् ।

चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै ७८ हजार ५१ जना रोजगारीको सिलसिलामा गएका छन् । जसमध्ये ६९ हजार १२० जना पुरुष छन् भने ८ हजार ९३१ जना महिला रहेका छन् । चैतसम्म ५ लाख ३९ हजार ७१९ पुरुष र ६८ हजार १५४ जना महिला गरी कूल ६ लाख ७ हजार ८७३ जनाले श्रम स्वीकृति लिएका थिए ।

वैशाखसम्म म्यानपारवबाट २ लाख ८६ हजार ९४१ जना बाहिरिएका छन् भने जीटुजी मार्फत १० हजार ६३ जनाले श्रम स्वीकृती लिएका छन् ।

 

प्रकाशित मिति: १२ जेठ २०८२, सोमबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।