गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता


काठमाडौँ । सर्वोच्च अदालतमा मंगलबार नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिट दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ ।

पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीका लागि अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले रिट निवेदन दिएका हुन् ।

उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस र नियुक्ति दुवै गैरकानुनी रहेको दावी गरेका छन् ।

प्रकाशित मिति: १३ जेठ २०८२, मंगलबार  १३ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।