क्लासिक टेकले सार्वजनिक गर्यो,वान जीबीपीएस इन्टरप्राइज प्रो इन्टरनेट स्पीड


काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाइ मध्यनजर गर्दै १ हजार एम बी पी एस अर्थात् वान जी बी पी एस को इन्टर प्रो इन्टरनेट स्पीड सार्वजनिक गरेको छ।

यसमा पब्लिक आइपी एडरेस, एल टु सपोर्ट र वाएफाइ सिक्स राउटर निःशुल्क रहेको छ। विशेष गरि धेरै प्रयोगकर्ता भएको व्यवसाय जस्तै होस्टेल ,स्कूल ,हस्पिटल , आईटी कम्पनी,कन्सल्टेन्सी,होटल आदिहरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो।

साना इन्टरनेट स्पीडले धेरै प्रयोगकर्ता इन्टरनेट मा जोडिदा प्राय स्पीड कम हुने र कन्जेसन हुने भएकोले धेरै प्रयोगकर्ता लाई सपोर्ट गर्न सक्ने इन्टरनेट स्पीड को माग अनुसार वान जी बी पी एस इन्टरप्राइज प्रो प्याकेज सार्वजनिक गरिएको हो ।

वान जी बी पी एस को मुल्य भने एकदमै कम र अहिले अफर पनि रहेको छ, जसमा मासिक ७ हजार २ सय ९९ रुपैयाँ बाट शुरु हुन्छ । यति मात्र नभई ५०० एम बि पी एसको इन्टरप्राइज प्रो पनि सार्वजनिक गरेको हो । यस अन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौँ लगायत देशको प्रमुख सहरहरुमा सेवा सुचारु भइ सकेको कम्पनीले बताएको छ ।

प्रकाशित मिति: १३ जेठ २०८२, मंगलबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।