काठमाडौँ । उतारचढावका बिच बढ्न जसकिरहेको सेयर बजारमा दिनानु दिन कारोबार रकम घट्दै गएको छ । मंगलबार बजार परिसुचक नेप्से ०.८५ अंकले बढेर २६७५.६२ अंकमा पुगेको छ । यद्यपी कारोबार रकममा भने १ अर्बभन्दा धेरै संकुचन आएको छ ।
बजार झिनो अंकले बढेपनि कारोबार रकम ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार रुपैयाँमा खुम्चिएको हो । सोमबार नेप्से परिसुचक ५.२१ अंकले घटेर २६७४.७६ विन्दुमा पुग्दा कारोबार रकम ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँ कायम भएको थियो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम १ अर्ब ५ करोड ७१ लाख ८३ हजार रुपैयाँले घटेको हो ।
मंगलबार कारोबारमा आएका ३१८ कम्पनी मध्ये ८५ कम्पनीको सेयर मूल्य १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
मंगलबार कर्पाेरेट डभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, गी्रन डेभलपमेन्ट बैंक, भुगोल इनर्जी र पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । पियोर इनर्जीको सेयर दोस्रो बजारमा पहिलो पटक कारोबारमा आएको हो ।
यता, गुँरास लघुवित्तको सेयर मूल्य ७.०९ प्रतिशतले घटेको बजारमा उपकार लघुवित्तको ४.७९ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ३.६९ प्रतिशत, सामुदायिक लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य ३.३१ प्रतिशतले घटेको छ ।
मंगलबार विकास बैंक समूह ८९.८९ अंकले बढेको छ । अन्य समूह ४०.९५ अंकले बढेको बजारमा उत्पादन तथा प्रशोधन समूह २१.५७ अंक, बैंकिङ समूह ५.५७ अंक, जलविद्युत समूह ५.१२ प्रतिशत र म्याचुअल फन्ड समूह ०.०३ अंकले बढेका छन् । बाँकी सबै समुहमा गिरावट आएको छ ।
कारोबार रकमका आधारमा युनभिर्सल पावरको ६३ करोड ५८ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएको सेयर संख्या र कारोबार संख्याका आधारमा पनि युनिभर्सल पावरको १४ लाख ३४ हजार ३४१ कित्ता सेयर ३ हजार ९१९ पटकको कारोबार सहित अग्रस्थानमा छ ।
प्रतिक्रिया