काठमाडौँ । बुधबार सेयर बजार परिसुचक नेप्से दाहोरो अंकले बढेको छ । नेप्से १७.४४ अंकले बढेर २६९३.०६ बिन्दुमा पुग्दा कारोबार रकम ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ कायम भएको हो ।
मंगलबार नेप्से परिसुक ०.८५ अंकले बढेर २६७५।६२ बिन्दु कायम हुँदा कारोबार रकम ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार काकयम भएको थियो ।
बुधबार कारोबारमा आएका ३२३ कम्पनी मध्ये १४८ कम्पनी सेयर मूल्य बढ्दा ९७ कम्पनीको सेमग्र मूल्य घटेको छ ।
बुधबार ओम मेगाश्री फर्मास्युटिकल्स, पियर इनर्जी, ग्रीन डेभलपमेन्ट बैंक, भुगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अरुण कावेली पावरको सेयरमूल्य ५.८९ प्रतिशतले बढेको छ । सबैभन्दा बढि बैंकिङ्ग समूह १.८८ प्रतिशतले र डेभलपमेन्ट बैंक समूह १.२९ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा न्यादी ग्रुपको १ अर्ब ५ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया