काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर १ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ थियाे ।
त्यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ९८० रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदीको भाउ तोलाको १ हजार ९९५ रुपैयाँ थियो ।
प्रतिक्रिया