कमल थापा, दीपक सिंह रिहा, बन्दको कार्यक्रम फिर्ता


काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले आजको लागि घोषणा गरेको बन्दको कार्यक्रम फिर्ता लिएको छ । कमल थापा, दीपक सिंहलगायत पक्राउ परेका व्यक्ति छोड्न माग गर्दै समितिले बन्दको घोषणा गरेको थियो ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिद्वारा जारी विज्ञप्तिमा भनिएका छ,“जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ ।,”

आइतबार दिउँसो थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि काठमाडौँको नारायणचौरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: १९ जेठ २०८२, सोमबार  ०९ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।