काठमाडौं । नेपाल प्रहरीले राइडरले बढी भाडा र अफलाइन बार्गेनिङ गरेमा १०३ मा कल गर्न सूचित गरेको छ । राइड सेयरिङ एपमार्फत राइडरहरुले यात्रुसित बाढी भाडा लिइएको भन्दै प्रहरीले यात्रुलाई सचेत गराएको हो ।
सोमबार (जेठ १९) बिहान एक सूचना जारी गर्दै प्रहरीले राइड सेयरिङ एपमार्फत यात्रुसित बढी भाडा लिने गरिएको गुनासो प्राप्त भएको जनाएको छ ।
चालकले अफलाइन बार्गेनिङ पनि गर्ने गरेको भन्दै प्रहरीले यस्तो गरेको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ मा फोन गरी जानकारी दिन आग्रह गरेको छ ।
“विभिन्न राइड सेयरिङ एफमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको हुनाले राइडरहरूले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौँ,” प्रहरीको सूचनामा उल्लेख छ ।
सार्वजनिक यातायात व्यवसायीले विभिन्न माग राख्दै यातयात ठप्प पारेपछि सर्वसाधारणहरु राइड सेयरिङ एपको प्रयोग बढेको छ ।
प्रतिक्रिया