काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको ट । बैंकले रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–४, मनौराको श्री राम जानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको हो ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले श्री राम जानकी अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलार्र्ई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
प्रतिक्रिया