मञ्जुश्री फाईनान्स एनपिएस नेस्नल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध


काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले एनपीएस–नेसनल कार्ड स्विच तथा नेपालपे कार्ड स्किममा आबद्ध हुने सम्झौता गरेको छ ।

सम्झौता अनुसार मञ्जुश्री फाइनान्सका ग्राहकहरूले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडद्वारा सञ्चालनमा रहेको एनपीएस–नेसनल कार्ड स्विच कार्ड नेटवर्क र नेपालपे कार्ड सेवाको उपयोग गर्न पाउने छन् ।

सम्झौता पत्रमा मञ्जुश्री फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रेम खरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

नेपालपे कार्ड स्किममा आबद्ध भएसँगै मञ्जुश्री फाइनान्सले आफ्ना ग्राहकहरूलाई थप डिजिटल र सहज कार्ड सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई एउटै नेटवर्कमार्फत विभिन्न कार्ड सेवा एकीकृत गर्न सक्ने एनपीएस–एनसीएस प्रणालीले विदेशी कार्ड प्रणालीमा निर्भरता घटाउने, डेटा नेपालमै सुरक्षित राख्ने तथा भुक्तानी प्रणालीलाई सस्तो, भरपर्दो र सुलभ बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २० जेठ २०८२, मंगलबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।