प्रिमियर इन्टरनेश्नल स्कुलमा थ्योरी अफ नलेज प्रदर्शनी सम्पन्न


काठमाडौँ । नेपालको पहिलो र एकमात्र आइबि कन्टिन्यूम स्कुल, प्रिमियर इन्टरनेस्नल स्कुलमा थ्योरी अफ नलेज प्रदर्शनी सम्पन्न भएको छ । ‘ज्ञान मेला’ शीर्षकमा आयोजित यस प्रदर्शनीले विद्यार्थीहरुद्धारा प्रस्तुत गरिएको हो ।

ज्ञान, अनुसन्धान र बौद्धिक चिन्तनलाई समेट्ने उद्देश्यले उक्त प्रदर्शनी राखिएको थियो । आइबिडीपि प्रथम वर्षका विद्यार्थीहरुले ज्ञानसम्बन्धि वैश्विक प्रश्नहरुमाथि अनुसन्धान गर्दै ३ वटा वास्तविक वस्तुहरु मार्फत विचार प्रस्तुत गरेको छन् । जसमा लेखिएको टिप्पणी मार्फत उनीहरुको तर्क, विवेक र विश्लेषण क्षमताको प्रदर्शन गरिएको छ ।

यस वर्षको प्रदर्शनीको नाम ‘ज्ञान मेला’ राख्नुको उद्देश्य सो कार्यक्रम ज्ञानको उत्सव मात्र नभई स्थानीय सन्दर्भमा विश्व शिक्षा जोड्ने अभ्यास पनि हो भन्ने सन्देश दिनु हो । नेपाली परिवेशमा यस नामले गहिरो अर्थ राख्ने हुँदा सहभागी अभिभावक र समुदायसँग अझ सघन सम्बन्ध स्थापित भएको देखिएको छ ।

प्रदर्शनीमा विद्यार्थीहरुले एआई, ऐतिहासिक दृष्टिकोण, जातीय ज्ञान प्रणाली, वैज्ञानिक अनुसन्धानमा नैतिकता लगायतका विविध विषयमा आधार बनाएर गहन अध्ययन प्रस्तुत गरेका छन् ।

विद्यालयकी प्रधानाध्यापक शमा क्षेत्रीले कार्यक्रममा बोल्दै भनिन् ‘टक प्रदर्शनीले विद्यार्थीहरुको सोचको दायरा फराकिलो बनाउँछ, आत्मनिर्भर बनाउँछ र दीर्घकालिन जीवनका लागि आवश्यक बौद्धिक उपकरणहरु प्रदान गर्छ,’ उनले विद्यार्थीहरुद्धारा प्रस्तुत दृष्टिकोण, तर्क र प्रश्न गर्ने क्षमतालाई प्रशंसनीय बताएकी छन् ।

प्रकाशित मिति: २० जेठ २०८२, मंगलबार  १५ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।