काठमाडौँ । नेपाल राष्ट्र बैंकका निर्देशक डा। डिल्लीराम पोखरेल र दीर्घ रावल कार्यकारी निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका छन् । केन्द्रीय बैंक कार्यकारी निर्देशकमा २ निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर भएको हो ।
पूर्वकार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको अवकाशसँगै रिक्त कार्यकारी निर्देशक दरबन्दीमा गत साता निर्देशक डा. पोखरेलको बढुवा भएको छ भने कार्यकारी निर्देशक तुलसी घिमिरेको अवकाशपछि रिक्त दरबन्दीमा निर्देशक रावलको बढुवा भएका छन् ।
गत साता कार्यकारी निर्देशक भएका पोखरेले बैंकिङ विभाग प्रमुख भएका छन् । त्यसैगरी बैंकिङ सुपरीवेक्षण विभाग प्रमुखको जिम्मा कार्यकारी निर्देशक भएका रावलले पाएका छन् । यसअघि बैंक सुपरिवेक्षणका कार्यकारी निर्देशक रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ ।
त्यस्तै, कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । यसअघि उनी मुद्रा व्यवस्थापन विभागका प्रमुख थिए ।
प्रतिक्रिया