डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलताः ४० भन्दा बढी देशमा १२ हजार भन्दाबढी युनिटहरू निर्यात


काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता डोङफेङ नामीको जेएफ–एस ३ मोडलले अहिले सम्म १२ हजार भन्दा बढी युनिट ४० भन्दा धेरै देश तथा क्षेत्रहरूमा निर्यात भइसकेको छ । जुनफेङ कम्पनीका अनुसार यो सफलताले कम्पनीको अन्तर्राष्ट्रिय रणनीतिक विस्तारमा नयाँ गति दिएको छ ।

सन् २०२४ को डिसेम्बरबाट युरोपमा डेलिभरी सुरु भएको जेएफ–एस ३, अहिले युरोपेली बजारमा उल्लेखनीय उपस्थितिमा पुगिसकेको छ । नेदरल्याण्डमा जनवरी महिनामै यो मोडल सबैभन्दा धेरै बिक्री हुने चिनियाँ इभी बन्न सफल भयो, जहाँ ३०० युनिटभन्दा बढी डेलिभर गरियो ।
डिलरहरूका अनुसार सन्तुलित सवारी अनुभव र पर्याप्त भित्री स्थानले उपभोक्ताहरूको मन जितेको छ । नर्वेमा पहिलो महिनामै १०० भन्दा बढी अर्डर प्राप्त गर्दा चेक गणतन्त्रमा यसको सेग्मेन्टमा अग्रता कायम भएको छ ।

यस मोडलको प्रयोग क्षेत्रीय आवश्यकताअनुसार फरक–फरक ढंगले भइरहेको छ । मेक्सिको सिटीमा साझा यातायात सेवा प्रदायकहरूको लागि यो मोडल आधिकारिक सवारी बनेको छ भने बैंककमा यो मोबाइल कफी वर्कशपको रूपमा प्रयोग भइरहेको छ । अफ्रिकामा सौर्य चार्जिङ किटसहित प्रयोग भैरहेको यस मोडलले पूर्वाधार अभाव झेलिरहेका देशहरूमा नयाँ आशा देखाएको छ ।

जुनफेङ कम्पनीले उत्पादन विस्तार पनि तीव्र गतिमा अघि बढाइरहेको छ । युरोपमा इन्टेलिजेन्ट सवारी प्रविधिको अनुसन्धान केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यसैबीच, कम्पनीले नयाँ मोडल जेएफ–६ सार्वजनिक गरेको छ । ‘इन्टरस्टेलर जियोमेट्रिक’ डिजाइन भाषामा बनेको यो मोडल तारामय प्रकाश दिने लाइट स्ट्रिप, २५६–रङको एम्बियन्ट लाइट र “लाइट डोमेन सराउन्डिङ ककपिट“ ले सुसज्जित छ ।

जुनफेङ कम्पनीले आगामी दिनहरूमा मागअनुसार नयाँ मोडलहरूको विकास गर्ने, उदीयमान बजारमा प्रवेश बढाउने र स्थानीय सहकार्यमार्फत नवप्रवर्तनलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेको छ । डोङफेङलाई विश्वका अग्रणी नयाँ ऊर्जा सवारी ब्रान्डहरूमध्ये एक बनाउन यो निरन्तर योगदान दिन तयार रहेको कम्पनीको प्रतिबद्धता छ ।

प्रकाशित मिति: २१ जेठ २०८२, बुधबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।