काठमाडौँ । भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ ।
भाटभटेनी व्यवसायी उमेश श्रेष्ठ सहितको टिमले विशेष आर्थिक भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि बुधबार शिलान्यास भएको छ । समूहका अध्यक्ष मीनबहादुर गुरुङले भूमी पुजासहित बुधबार उद्योगको शिलान्यास गरेका हुन् ।
‘यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधिकरणमा एक महत्वपूर्ण कदम चालेको छ भने नेपालको औधोगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ,’ भाटभटेनीका सिइओ पानु पौडेलले भने ।
यस उद्योगले करिब १ हजार २०० रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । जसले मुख्यतया स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्याउँछ ।
अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथ एक मेगावाटभन्दा बढीको सौर्य उर्जा प्रणाली र ब्याट्री उर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।
‘अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बन्ने कारखानाले विशेषतः भाटभटेनीका स्टोरहरुमार्फत स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोशाकको उत्पादन गर्ने लक्ष्य लिएको पौडेलले जानकारी गराए ।
‘यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउने रणनीतिक योजनालाई विस्तार गर्न मात्र होइन, नेपालका औद्योगिक नीतिहरु र वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने विश्वास पनि लिएको छ’ उनको भने ।
प्रतिक्रिया