यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय


काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्री गुरुङले असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने बताए ।

यसैगरी, नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने, दश जना महासेनानीहरुको सरुवा गर्ने र एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति: २१ जेठ २०८२, बुधबार  १३ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।