राष्ट्र बैंकको प्रवक्तामा पण्डित नियुक्त


काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित प्रवक्तामा नियुक्ति भएका छन् । उनले बुधबारदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

कार्यकारी निर्देशक पण्डित हाल राष्ट्र बैंकको भुक्तानी प्रणालीमा कार्यरत छन् । उनी २०६३ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका थिए । उनीसँग बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तिय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतका कार्यको अनुभव रहेको छ ।

यसअघि राष्ट्र बैंकको प्रवक्ता रामु पौडेल थिए । उनी मुद्रा व्यवस्थापन विभागमा कार्यरत छन् ।

प्रकाशित मिति: २१ जेठ २०८२, बुधबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।