तीन कम्पनीको शेयरमूल्य समायोजन, कतिमा खुल्दैछ आज कारोबार ?


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा एनएलजी इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स को बोनस शेयर र बरुण हाइड्रोपावरको हकप्रद शेयर समायोजन भएको हो।

नेप्सेले नेप्सेले एनएलजी इन्स्योरेन्सको २।५० प्रतशत बोनस शेयर समायोजन गरेको छ। इन्स्योरेन्सको समायोजित मूल्य ७४१ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। इन्स्योरेन्सको समायोजित मूल्य ५९८ रुपैयाँ ४४ पैसा कायम भएको छ। त्यस्तै, बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर समायोजनपश्चात २९० रुपैयाँ ३६ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। बुधबार दोस्रो बजारमा नेशनल लाइफ इन्स्योरेन्सको अन्तिम मूल्य ६२८ रुपैयाँ ३६ पैसा, एनएलजीको ७६० रुपैयाँ २ पैसा र बरुण हाइड्रोपावरको ४८० रुपैयाँ ७२ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति: २२ जेठ २०८२, बिहीबार  ०६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।